नेभिगेशन
राष्ट्रिय

‘जनयुद्ध दिवस’को दिन बिदा दिने निर्णय बिरुद्ध कारण देखाउ आदेश

सर्वोच्च अदालतले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने भनेर गरेकाे निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । 

माघ २८ गते गाउँपालिकाले ‘जनयुद्ध दिवस’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यस विरुद्ध द्वन्द्वपीडित समेत रहनुभएका स्थानीय चन्द्रशेखर केसीले माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

केसीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न र कारण देखाउ आदेश दिएको हो । सार्वजनिक बिदा नदिन र नियमित रूपमा सरकारी कार्यालय सञ्चालन गर्न अन्तरिम आदेश आएको रिट निवेदक केसीले बताउनुभयो । 

5e9625c8-d267-4634-89dd-432953412516-1739365954.jpgयसका साथै सर्वोच्च अदालतले ‘यसमा के, कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो ? जारी हुनुनपर्ने भए आधार तथा कारण पेश गर्न भन्दै कारण देखाउ आदेश समेत जारी गरेको छ ।

सर्वोच्चले यस्तो आदेश जारी गरेतापनि आजै बाँफिकोट गाउँपालिकाले एक अर्को सूचना जारी गरेर सार्वजनिक बिदा भएको जनाएको छ । 

दिवसको अवसरमा गाउँपालिकाले ९५ जना सहित परिवारलाई सम्मान गर्ने कार्यक्रम तय गरेको जनाएको छ । यस अवसरमा गाउँपालिका अन्तर्गतका सबै सार्वजनिक निकायमा बिदा दिईएको गाउँपालिकाले जनाएको छ । 

476249306_522829296986566_5137427409484183144_n-1739365955.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्