नेभिगेशन
राजनीति

आठविसकोटमा पनि जनयुद्ध दिवसको अवसरमा स्थानीय बिदा

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले पनि `जनयुद्ध दिवस´को अवसरमा सार्वजनिक बिदा दिएको छ । 

आज साँझ एक सूचना जारी गर्दै नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

नगर प्रमुख रवि केसीले सामाजिक न्यायसहितको समानता कायम गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न २०५२ फागुन १ गतेदेखि सुरु भएको ऐतिहासिक जनयुद्धको स्मरण गर्दै सार्वजनिक बिदा दिइएको उल्लेख गर्नुभयो । 

उहाँले जनयुद्धका क्रममा प्राण आहुति गर्ने ज्ञात अज्ञात शहीद, घाइते तथा वेपत्ता परिवारको उच्च सम्मान सहित फागुन १ गते नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा स्थानीय बिदा दिएको जनाउनु भयो । 

जिल्लाको बाँफिकाेट, त्रिवेणी, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाले यस अघि नै बिदा दिइसकेका छन । 

1000065080-1739369386.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति