नेभिगेशन
खेल

महिला तर्फको गुरिल्ला म्याराथन सम्पन्न, जुम्लाका चार धाविका उत्कृष्ट

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौं संस्करणको महिला तर्फको दौड सम्पन्न भएको छ ।

महिलातर्फको दौडमा जुम्लाका चार धाविकाहरु उत्कृष्ट हुनुभएको छ । ३२ जना प्रतिश्पर्धीहरुलाई पछि पार्दै जुम्लाकी कल्पना बुढा प्रथम हुनुभएको छ । बुढाले निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गरेर बुढाले प्रथम स्थान हात पार्नुभएको हो भने जुम्लाकै राज्यलक्ष्मी रावत द्वितीय हुनुभएको छ । रावतले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गर्नुभएको हो । 

म्यारान व्यवस्थापक सानीभेरी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका सचिव बालकुमार नकालका अनुसार ३ घण्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्रो हुनुभएको छ । जुम्लाकै मिमु बुढा चौंथो र समिता बुढा पाचौँ हुनुभएको छ । 

महिला तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हासिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । पुरुषतर्फको म्याराथन भने जारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्