नेभिगेशन
राजनीति

जनयुद्ध दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटी रुकुम पश्चिमले जनयुद्धको ३० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । 

तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको अवसरमा दिवस बिशेष एक महिने कार्यक्रम सञ्चालन गरिरहेको माओवादी केन्द्र चौरजहारीले आज बिरामीहरुलाई फलफूल वितरण गर्नका साथै नगर परिक्रमा गरेर दिवस मनाएको हो । 

नगर कमिटी अध्यक्ष सुन्दर शर्माका अनुसार आज चौरजहारी अस्पतालमा भर्ना भएका एक सय जना बिरामीलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको हो । 

त्यसलगत्तै दिवसको खुशीयालीको अवसरमा अविरावरण सहित नगरपरिक्रमा गरिएको हो । वडा नम्वर २ स्थित पार्टी कार्यालयमा पुगेर कोण सभा समेत गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य बिशाल शर्मा, प्रदेश कमिटी सचिवालय सदस्य बिरबहादुर राना, नगर कमिटी ईन्चार्ज ॠषि प्रसाद शर्मा लगायत नगर कमिटीका पदाधिकारी तथा सदस्य र माओवादी कार्यकर्ताहरको उपस्थिति रहेको थियो ।

839552c0-e405-4430-9283-4dd7843f8b79-1739447069.jpg

8ec7a7f6-62a4-4b95-bdcb-eb3c2a30f52b-1739447069.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति