Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मेला हेर्न गएका बालकको तालमा डुबेर मृत्यु

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान /  सल्यानको कुपिण्डे तालमा पौडि खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ आगरनेटा बस्ने रमेश सुनारका ८ वर्षका छोरा रेशम सुनारको पौडि खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रेशम साथिहरुसँग तालको किनारमा पौडि खेल्ने क्रममा डुबेका र बाहिर निकाल्दा दिउसो पौने तिन बजे मृत्यु भैसकेको प्रहरी जनाएको छ ।

पुर्णिमाको अवसरमा उक्त तालमा आज ठुलो मेला समेत लागेको र उनिहरु मेला हेर्न भनि आएका थिए ।

घटनाको थप अनुसन्धान गभैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्