नेभिगेशन
समाज

रनिङ शिल्डमा उत्कृष्ट हुने रुक्मिणीका ५० विद्यार्थी पुरस्कृत

रुकुम पूर्वको रुक्मिणी माध्यामिक विद्यालयले हालै सम्पन्न पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिई उत्कृष्ट स्थान हाँसिल गर्ने ५० जना विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरेको छ ।

सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएका विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर उत्कृष्ट स्थान ल्याउन सफल विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । 

पालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको बिजेता बनेको यस बिद्यालयले १८ स्वर्ण ९ रजत ४ कास्य सहित ३१ पदक जितेको थियो । सोहि पदक हाँसिल गर्ने प्रथम, द्दितिय, तृतीय र सान्त्वना हुने बिद्यार्थीलाई क्रमश दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय नगद प्रदान गरिएको हो । 

बिद्यालयको आन्तरिक कोषबाट एक लाख ६५ हजार पाँच सय नगद पुरस्कार सहित खेलाडीलाई सम्मान गरेको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । आफ्नो क्षमतामार्फत बिद्यालयको नाम रोशन गर्ने बिद्यार्थीहरुलाई हौसला स्वरुप नगद पुरस्कार वितरण गरिएको प्रधानाध्यापक मल्लले बताउनुभयो । 

यस्तै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापाले आगामी दिनमा बिद्यालय र आफ्नो प्रतिष्ठाका लागि अनुशासनपूर्वक खेलमा समावेश हुन बिद्यार्थीलाई आग्रह गर्नुभएको छ । बिद्यार्थीको मेहनतका लागि बिद्यालयले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउदै अध्यक्ष थापाले बिद्यार्थीहरुले पनि उत्तिकै मेहनत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । 

बिगतका वर्षहरुमा पनि उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडिलाई यसरी नै बिद्यालयले पुरस्कार वितरण गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक मल्लको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापा, शिक्षक अभिभावक संघका अध्यक्ष फनेन्द्र आचार्य लगाएत शिक्षक बिद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम दाहालले गर्नुभएको थियो ।

सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गत माघ २४ गतेदेखि २९ गतेसम्म सन्चालन गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज