नेभिगेशन
राष्ट्रिय

आज नवौँ निर्वाचन दिवस

 ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ नारासहित फागुन ७ गते बुधबार (आज) नवौँ निर्वाचन दिवस मनाइँदै छ ।

विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आएको हो । 

निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले असल अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन सङ्कल्पित रहेको बताउनुभएको छ ।

उहाँले आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारसमेतबाट नागरिक सहभागिता अभिवृद्धिमार्फत निर्वाचन प्रणालीका चुनौती सम्बोधन गर्न आयोग क्रियाशील रहेको बताउनुभयो ।   

दिवसका अवसरमा देशभरका निर्वाचन कार्यालयहरुले विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्