नेभिगेशन
समाज

त्रिवेणीमा खेत खन्दा बम भेटियो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेक नजिकै फेरि बम फेला परेको छ । 

बुधबार बिहान १० बजे त्रिवेणी गाउँपालिका वडा नम्वर ६ स्थित प्रदिप ओलीको बारीमा बम फेला परेको हो । बारीमा काम गर्ने क्रममा बम फेला परेको बताईएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ओलीको खेतबारीमा काम गर्ने क्रममा बम फेला परेको हो ।

स्थानीयले बम जस्तो देखिने फलामको धातु फेला परेको भनेर सूचना दिएपश्चात प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक टि.एम. सारु मगरको नेतृत्वको प्रहरी टोली र नेपाली सेनाको चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट नेपाली सेनाको एक टोली घटनास्थल गएको छ । 

सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको र बम डिस्फोजल टोलीसँग समन्वय भईरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । 

यस अघि गत गत माघ २७ गते सोहि वडाको बित्तास्थित लालिगुराँस सामुदायिक वन क्षेत्रमा र माघ ३० गते सोहि स्थानको पात्लास्थित रमेश ओलीको बारीमा बम फेला परेको थियो । बम डिस्फोजल टोलीले ती बम डिस्फोज गरेको थियो ।

बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज