Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनेरास्ववियु रुकुम पश्चिमको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश

tribeni2

रुकुम पश्चिम / एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु रुकुम पश्चिमको अध्यक्षमा प्रकाश कुमार खड्का चयन हुनुभएको छ ।

शुक्रबार चौरजहारी नगरपालिकाको खोलागाँउमा सम्पन्न अनेरास्ववियु रुकुम पश्चिमको १६ औं जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ ।

संगठनको उपाध्यक्षमा प्रतिमा बि.क., सचिवमा खिमबहादुर ओली, उप-सचिवमा नरबहादुर खड्का, कमल मल्ल र रामबहादुर ओली र कोषाध्यक्षमा स्मारिका भण्डारी चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा अनेरास्ववियु रुकुम पश्चिमको १६ औं जिल्ला अधिवेशन सम्पन्न गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्