नेभिगेशन
राष्ट्रिय

प्रजातन्त्र दिवसको अवसरमा मुसिकाेटमा रक्तदान

रुकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखा र स्वास्थ्य सेवा कार्यालयको आयोजनामा मुसिकोट १ सल्लेमा रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुल बहादु जी.सी.सहित नौ जनाले रक्तदान गर्नुभएको रेडक्रस रुकुम पश्चिमका सभापति बलवीर पुनले जानकारी दिनुभयो । पाँच पिन्ट रगत संकलन गरिएको हो भने चार जनालाई आकस्मिक रगत आवश्यकता भएको बेला संकलन गर्ने गरेर तयारी अवस्थामा राखिएको सभापति पुनले बताउनुभयो । 

यसैबिच ७५ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा सरसफाई र कार्यालयहरुमा दिप प्रज्वलनका कार्यक्र गरिएको प्रमुख जिल्ला अधिकारी जी.सीले बताउनुभयो । उहाँका अनुसार दिवसको पूर्व सन्ध्याको अवसरमा मंगलबार बेलुका दिप प्रज्वलन गरिएको हो भने आज बेलुका पनि दिप प्रज्वलन गरिने छ । दिवसकै अवसरमा सम्पूर्ण कार्यालयहरुमा नेपालको झन्डा फहराईएको छ ।  

२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्