नेभिगेशन
राजनीति

बैठक चलिरहेकै बेला माओवादीका नगर अध्यक्षसहित ६ जनाले दिए सामुहिक राजीनामा

दुई ध्रुवमा विभाजित माओवादी एकताबद्ध बनाउने प्रयास 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरजहारीका नगर समितिका अध्यक्ष सुन्दर शर्मा सहित ६ जनाले पदबाट सामुहिक राजीनामा दिनुभएको छ ।

गत पुस १३ देखि १७ गते सम्म चौरजहारीमा भएको तेस्रो नगर अधिवेशनवाट निर्वाचित नगर कमिटी अध्यक्ष सुन्दर शर्मासहित सदस्यहरु लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाई र ललिता विष्टले एक साथ राजीनामा दिनुभएको हो ।  

निर्वाचन आयोगले तोकेको विधि प्रक्रिया पुरा गरी नगर समितिको जिम्मेवारी प्राप्त भन्दै पार्टीकै कार्यकर्ताहरुले निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा उजुरी दिएको र लामो समयसम्म उक्त उजुरी निराकरण हुन नसकेको, विचाराधिन अवस्थामा रहेको उक्त बिषयमा सामाजिक संजालमा समेत नकारात्मक टिका टिप्पणी हुन थालेपछि राजीनामा दिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँले  पार्टीमा देखिएको ध्रुवीकरण र मनमुटावलाई एकताबद्द गराई पार्टीलाई एकतामा बाध्न आफुले राजीनामा दिई मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो । 

आज चौरजहारी नगरपालिकाको वडा नम्वर ३ स्थित पार्टी कार्यालयमा आयोजित बैठकमा अध्यक्ष शर्मा र अन्य पाँच सदस्यले उपाध्यक्ष महेश स्वर्णकारलाई राजीनामा पत्र बुझाउनु भएको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्य विशाल शर्मा, प्रदेश कमिटी सदस्य राधा रोका र सपना कार्की लगायतको आतिथ्यता रहेको थियो । 

df22761e-2bc5-4f04-a35e-084c12c9f022-1739963754.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति