नेभिगेशन
राजनीति

कांग्रेस रुकुम पश्चिमको १०० दिने बिशेष अभियान समापन

नेपाली कांग्रेस रुकुम पश्चिमले सञ्चालन गरेको १०० दिने बिशेष अभियानको समापन गरिएको छ । 

बुधबार मुसिकोटमा रहेको वी. पि. स्मृति भवनस्थित पार्टी पार्टी कार्यालयमा अभियान औपचारिक रुपमा सम्पन्न भएको हो । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोईरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अभियानका क्रममा भएका गतिविधिहरुको समिक्षा गरिएको पार्टी सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो । 

कार्यक्रममा पार्टीका जिल्ला, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु र कांग्रेसका कार्यकर्ताहरु उपस्थितिरहेको थियो । 

पार्टी सभापति प्रेम प्रकाश ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव परमेश्वर भण्डारीले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति