नेभिगेशन
घटना/दुर्घटना

जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वयमसेविकाको मृत्यु 

जाजरकोट । जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वयमसेविकाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ का ४३ वर्षीया देबिसरा बादीको गाउँ नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय छिमेकी गोपाल नेपालीले जनाए अनुसार हिजो गोठाला गएको समयमा धाउनी छहरा नजिकैको रातापाखर भीरबाट लडेर स्वंसेविका बादीको ज्यान गएको हो ।  मृतक बादीका दुई छोरा र दुई छोरी र श्रीमान हुनुहुन्छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे १ मा  सक्रिय स्वास्थ्य स्वंसेविका देबिसराको आकस्मकि रुपमा भीरबाट लडेर भएको निधनले पालिका परिवार निकै स्तव्ध भएको बताउनुभयो । 

जाजरकोटमा रुख र भीरबाट लडेर वर्षेनी ५० भन्दा बढि नागरिकको अकालमा ज्यान जाने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना