सोसल मिडिया
गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् ।
कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत पुगेका गृहमन्त्री थापाले विहान पत्रकारहरुसँग कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन् ।
विगतमा केही पक्षबाट संरक्षण र उन्मुक्ति पाएकाले विप्लव समूहको मनोबल बढेको भन्दै गृहमन्त्री थापाले सुरक्षा चुनौतीलाई निस्तेज पारिने बताए ।
गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले आवश्यकता नभएकोले उनीहरु सफल हुने कुनै अवस्था नरहेको दावी गरे ।
‘हिजो राज्यका थुप्रै कमजोरी थिए, अहिले शासन व्यवस्था परिवर्तन भएर संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको छ, थापाले भने, अब क्रान्ति आवश्यक छैन ।’
अब सरकारले राज्य विरोधी र संविधान विरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाई छ । उनले सरकारले एक बर्षमा अन्तर्राष्टिय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए ।