नेभिगेशन
कला/साहित्य

तिम्रो सत्ता ढल्नेछ

कविता : तिम्रो सत्ता ढल्नेछ

सरकार - माली
म - फूल
म फूलहरुले बनेको गुच्छा हुँ 
मसँग माया र कोमल स्पर्श मात्रै होइन
कडा काडाँहरु पनि छन् ।

सरकार, 
म सजिलैसँग सहन सक्छु
म सजिलैसँग स्वीकार्न सक्छु
मायाले भरिएको स्पर्श
मायाले भरिएको चुम्बन
म आफै निमोटिएर पनि
म आफै चुडिएर पनि
तिम्रो घर (सत्ता) सजाउन
हाँसीहाँसी बलिदान दिन सक्छु ।

सरकार, 
तर याद गर
तिम्रो स्पर्श स्वार्थका हुन् भने
तिम्रो स्पर्श भ्रष्ट छन् भने
फूलहरुको रुप लुप्त हुनेछ
काँडाहरुले ढिलो चाँडो 
त्यो स्पर्श अस्वीकार गरिदिने छन् 
तिम्रो भ्रष्ट सरकार
तिम्रो भ्रष्ट सत्ता
एकदिन ढल्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्