नेभिगेशन
घटना/दुर्घटना

सडक निर्माणकाे क्रममा रुकुमका १३ वर्षीय बालकको मृत्यु

सडक निर्माणको कामकै क्रममा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ खागल निवासी १३ वर्षीय हिमबहादुर महताराको मृत्यु भएको छ । 

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा कंक्रिट मिक्सर मेसिनमा च्यापिएर मृत्यु भएको हो । काम गर्ने क्रममा लुगा बेरिएर मिक्सरमा च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ। 

चौरजहारी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जय प्रकाश बोहराका अनुसार शनिबार बेलुका काम गर्ने क्रममा हिमबहादुरको मृत्यु भएको खबर आएको छ । वडावासी हंसराज महताराका कान्छो छोराको मृत्युको खबरपछि अहिले गाउँबाट आफूसहितका दाजुभाईहरु घनटनास्थल जाँदै गरेको उहाँले जानकारी दिनुभयो । 

हिमबहादुर एक महिना अघि बागलुङ पुगेको बताईन्छ । घटनास्थल पुगेर आवश्यक प्रक्रिया पुरा गरेर शव दाहसस्कारको लागि घरतिरै ल्याईने वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो । मृतक महताराका एक दाई र एक बहिनी हुनुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना