नेभिगेशन
समाज

सानीभेरीको काफलबोटमा एडभान्स सिलाई कटाई तालिम सम्पन्न

रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्वर ११ को काफलबोटमा ४५ दिने एडभान्स सिलाई कटाइ तालिम सम्पन्न भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण रुकुम पश्चिमको आयोजना र सानीभेरी गाउँपालिकाको सहजिकरणमा संचालन तालिम भएको हो । तालिममा  वडा नम्वर  १० र  ११ का १७ जना स्थानीय सहभागी रहेको बताईएको छ । 

तालिम पुस २१ गते देखि फागुन ११ गतेसम्म सञ्चालन भएको हो । तालिम समापनका क्रममा सहभागी नौरती परियारले बेरोजगार अवस्थामा आफुहरुलाई तालिम दिई सिपयुक्त पेसा व्यवसाय तथा रोजगारमा लाग्न सुनौलो अवसर सिर्जना गरेको बताउनुभयो ।  

तालिमका अर्का सहभागी हिरा बिकले तालिमपछि अब आफुले सिकेको ज्ञान उपयोग गर्ने बताउनुभयो । गाउँमै सिलाई व्यवसाय सञ्चालन गरेर आय आर्जन गर्ने याजना समेत बनाएको उहाँले उल्लेख गर्नुभयो । 

सानीभेरी गाउँपालिका वडा नम्वर ११ का वडा अध्यक्ष भूपालसिं ओलीको अध्यक्षयतामा भएको तालिम समापन कार्यक्रममा जिल्ला उद्योग तथा उपभोक्ता हित संरक्षण अधिकृत मान बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सचिव रणविर ओली, कार्यालय सहायक चन्दबहादुर बुढाथोकी, तालिमका प्रशिक्षक कृण्णा परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सानीभेरी गाउँपालिका उद्मम सहजकर्ता प्रेम पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्