नेभिगेशन
समाज

वन अपराध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न 

रुकुम पश्चिममा वन अपराध नियन्त्रण सम्बन्धि अनुसन्धान अधिकारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको हो । 

साेमबार डिभिजन वन कार्यालय रुकुम पश्चिमले डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकारीहरुको लागि १ दिने क्षमता विकास तालिम सम्पन्न गरेको हो । 

डिभिजनल वन अधिकृत शेर बहादुर परियारका अनुसार तालिममा डिभिजन वन कार्यालय रुकुम पश्चिमका आठ जना र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका चार जना गरी १२ जना अनुसन्धान अधिकारीहरुको सहभागिता रहेको थियो । 

तालिमको सहजिकरण रुकुम जिल्ला अदालतका न्यायधिस रामप्रसाद बस्याल, श्रेस्तेदार मन्दिरा शाही  र जिल्ला न्याधिवक्ता चन्द्र बहादुर सिञ्जालीले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्