नेभिगेशन
समाज

वन समुहलाई जलवायु परिवर्तनबारे सचेतना

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ डोप्के स्थित सल्लेरी सामुदायिक वन उपभोक्ता समुहले जलवायु परिवर्तन सम्बन्धि गोष्ठी सम्पन्न गरेको छ् । उपभोक्ता समुहका ५५ जनालाई जलवायु परिवर्तन र त्यसको असर बारेमा छलफल गरिएको थियो । 

कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका सव डिभिजन वन कार्यालय सल्लीबजारका  प्रमुख कमल चित्रकारले जलवायु परिवर्तन सम्बन्धि जानकारी दिनु भएको थियो । 

पृथ्वीको सतहको तापमान वृद्धि ध्रुवीय बरफको पग्लन र समुद्र सतहमा वृद्धि अनियमित वर्षा, उत्पादन कम, बाढी पहिरो जाने, मुहान सुक्ने, बाढी, खडेरी, र तापक्रम वृद्धिका कारण कृषि उत्पादनमा गिरावट प्राकृतिक प्रकोपहरूको तीव्रता र संख्या वृद्धि चट्याङ, आँधीबेहरी, तुफान, जङ्गलमा डढेलो जैविक विविधताको क्षति र केही प्रजातिहरूको समेत समस्या आउने गरेको समेत बताउनु भएको छ ।  

चित्रकारले सुख्खा मौसम सुरु भएसगै आगलागी हुने गरेको समुहले सामुदायिक वन बचाउनु पर्ने समेत बताउनु भएको छ । सामुदायिक वनको लागि बचाउन समुहको महत्वपूर्ण भुमिका हुने समेत बताउनु भएको छ । सामुदायिक वनलाई सदुपयोग सम्बर्द्धन गरेमा आर्थिक लाभ हुने समेत बताउनु भएको छ । 

समुहका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी अध्याक्षता भएको कार्यक्रमको सन्चालन सचिव चन्द्रकला विक र स्वागत कोषाध्यक्ष यसोशा बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्