नेभिगेशन
राष्ट्रिय

अमेरिका पठाउने भन्दै डेढ करोड ठगी गरेको आरोपमा रुकुम पश्चिमका तीन जना पक्राउ 

अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका –२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।
प्रहरीले उनीहरु माथि छानबिन गरिरहेको जनाएको छ । - अनलाईन खबरबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्