नेभिगेशन
समाज

मुसिकोटमा घर आगलागीमा परेर १८ भेडाबाख्रा र ९० कुखुराको मृत्यु घर, अन्नपात र लत्ताकपडा नष्ट

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडा स्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । 

बुधबार बिहान साढे १० बजे भएको आगलागीबाट बिष्टको दुई तले घर ध्वस्त भएको छ भने ठुलो मात्रामा पशुचौपायाको मृत्यु भएको छ । 

बिष्टका छोरा बलजित बिष्टका अनुसार १४ वटा बाख्रा, चार वडा भेडा, ९० वटा कुखुरा आगलागीमा परेर मरेका छन् । उहाँका अनुसार दुई वटा गोरु, दुई वटा गाई र पाँच वटा बाख्रा जलेर घाईते भएका छन् । बिष्टले घरमा भएको अन्नपात र लत्ताकपडाहरु सबै जलेर नष्ट भएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी टोली घटनास्थल पुगेर विस्तुत क्षतिको विवरण संकलन गरिएको छ । अहिले आगलागी नियन्त्रणमा आईसकेको बताईएको छ । 

प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रण गरिएको हो । आगलागी हुँदा घरमा कोहि पनि नभएकोले मानविय क्ष्ति भने भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज