नेभिगेशन
समाज

चौरजहारीमा गुडिरहेको मोटरसाईकलमा एक्कासी आगो दन्केपछि ...

बुधबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ बसपार्क नजिकै गुडिरहेको एक मोटरसाईकलमा एक्कासी आगो लागेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोहि नगरपालिका १० निवासी विजय देवकोटाले चलाएको रा ५ प ५१८५ नम्वरको मोटरसाईकलमा एक्कासी आगो लागेको हो । नजिकै रहेको पेट्रोल पम्पबाट पेट्रोल हालेर नुवाकोटतर्फ जाने क्रममा मोटरसाईकलमा आगो लागेको हो । पेट्रोल लिक भएर प्लकको झिल्कोको कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

प्रहरीले चालक देवकोटा र पछाडि सवार रहेका प्रदिप ढकाललाई भने केहि पनि नभएको जानकारी दिएको छ । 

आफैले चलाएको मोटरसाईकलमा आगो दन्किएपछि मोटरसाईकल छोडेर दुई युवाले ज्यान जोगाउन सफल भएका छन् । मोटरसाईकल चालक देवकोटाले भाग्यले बाँच्न सफल भएको बताउनुभयो । उहाँले आफ्नै साथमा मोटरसाईकलमा सवार प्रदिप ढकाललाई पनि केहि नभएको जानकारी दिनुभयो । तर मोटरसाईकल भने जलेर नष्ट भएको छ । 

पेट्रोल पम्पबाट करिब २० मिटर यता आएको बेला एक्सासी आगो दन्किएपछि मोटरसाईकल छोडेर भागेको अधिकारीले जानकारी दिनुभएको छ । मोटरसाईकलका धनि भने वडा नम्वर ६ निवासी दिनेश बोहरा रहेको बुझिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज