नेभिगेशन
राष्ट्रिय
मेलगैरी हत्याकाण्ड

मेलगैरी हत्याकाण्डका २९ वर्ष, हत्यारालाई कारबाहिको माग 

सशस्त्र द्वन्द्वको सबैभन्दा पहिलो सामुहिक हत्याकाण्ड मानिने रुकुम पश्चिमको मेलगैरी हत्याकाण्डको २९ वर्ष पुरा भएको छ । 

तत्कालिन बिद्रोही माओवादीले सशस्त्र जनयुद्ध घोषणा गरेको १५ दिनपछि बाँफिकोट गाउँपालिका २, को मेलगैरीमा राज्यको तर्फबाट आक्रमण हुँदा खत्री परिवारका छ जना युवाको एउटै घरमा हत्या भएको थियो । उक्त दिन २४ वर्षिय पशुपति केसी, २५ वर्षिय नरबहादुर केसी र २५ वर्षिय दलबहादुर केसी, २५ वर्षिय कलबहादुर केसी, २५ वर्षिय मनबहादुर केसी, १५ वर्षिय खड्गबहादुर केसीको हत्या भएको थियो । 

२०५२ फागुन १५ गते भएको उक्त घटनालाई पहिलो सामुहिक हत्याकाण्डका रुपमा लिईएको सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार ‘मेलगैरी हत्याकाण्ड’का रुपमा पनि चिनिने यस घटनाका पीडित परिवारजनहरुको अझैपनि न्याय नपाएको गुनासो गरिरहेका छन् । छ जना सर्वसाधारण खत्रीबन्धु युवाको एकै चिहान बनाएको घटनाका पीडितहरु हरेक वर्ष हत्यारालाई कारबाहिको माग गर्दै आईरहेको उहाँले जनाउनुभयो ।  

अध्यक्ष खत्री सोहि घटनामा मारिएका खड्कबहादुरका बुवा हुनुहुन्छ । उहाँले सहिद परिवारका मुद्धा समाधान हुन नसकेको उल्लेख गर्नुभयो । व्यवस्था परिवर्तन भएतापनि पीडित परिवारका सदस्यहरुको अवस्था राज्यले बुझ्न नसकेको उहाँको गुनासो छ । 

सहिदपुत्र नबिन केसीले पनि दोषीलाई कारबाहि नभएसम्म न्यायको अनुभूति नहुने बताउनुभयो । बुवा कलबहादुरको हत्या हुँदा नबिन दुई वर्षको हुुनुहुन्थ्यो । उहाँले सहिदका सपना पुरा हुन नसकेकोले न्याय नपाएको उल्लेख गर्नुभयो । उहाँले उहाँले भन्नुभयो, ‘न राज्यले हामीलाई सहिद परिवारको परिचयपत्र दिन्छ, न त न्याय दियो, हामी न्यायकै पर्खाइमा छौं ।’ । तत्कालिन प्रहरीलाई गलत सूचना दिएर घटना घटाउन सुराकी दिनेहरु गाउँमै रहेकोले न्याय नपाउँदा खेरी बदलाभाव पैदा हुने उहाँको भनाई छ । 

तत्कालिन पीपल गाविस –५ को मैलगैरीमा भएको उक्त घटनामा तीन जनालाई गोली हानेर र तीन जनालाई कुटीकुटी मारिएको पीडित परिवारको भनाई रहेको छ । जिल्ला सदरमुकामबाट पीपल गएको प्रहरी टोलीले स्थानीय सेतु जैसीको घरमा बसेका मध्य छ जनाको हत्या गरेको स्थानीयको भनाई छ । प्रहरीको डरले जैसीको घरमा लुकेका १८ जना सर्वसाधारण मध्य अरु भागेका थिए । 

बिहिबार घटनास्थलमा भएको सहिद परिवार भेटघाट तथा श्रद्धाञ्जली सभा कार्यक्रममा सहिद परिवारहरुले घटना भएको घरलाई संरक्षण गर्नुपर्ने, जग्गा खरिद गरेर पार्क निर्माण गर्नुपर्ने र सहिदहरुको सालिक बनाईदिनुपर्ने माग राखेका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बसन्त कुमार शर्माले सहिद परिवारले न्याय पाउनमा ढिलाई भईरहेको बताउनुभयो । उहाँले पार्टीको तर्फबाट सबै खालका पीडित परिवारलाई न्याय दिलाउन पहल भईरहेको समेत जनाउनुभयो । 

सहिदहरुको बलिदानककै कारण मूलुकमा व्यवस्था परिवर्तन भएको उल्लेख गर्नुहुँदै शर्माले उक्त बलिदानको उच्च महत्व रहेको बताउनुभयो । सहिदहरुको योगदानको अभिभारा पुरा गर्ने सकल्प गनुहुँदै केन्द्रिय सदस्य शर्माले मेलगैरीलाई ऐतिहासिक स्थलका रुपमा स्थापित गर्न विकासका योजनाहरु ल्याउनुपर्ने बताउनुभयो ।

युद्ध संग्राहलयसँगै सडक, पूर्वाधार लगायतका योजनाहरु पनि मेलगैरीमा हुनुपने उहाँको भनाई छ । सहिदहरुको योगदानको कदर गर्न र सहिदकै सपना साकार पार्न पार्टीले कुनैपनि मूल्य चुकाउन पछि नपर्ने उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय