नेभिगेशन
कला/संस्कृती/धर्म

चौरजहारीमा महोत्सवको तयारी तिव्र, पल शाहसहितका कलाकार आउने पक्का

रुकुम पश्चिमको चौरजहारीमा चौथो बृहत चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ सञ्चालन हुने भएको छ । 

फागुन २२ गतेबाट चौरजहारी नगरपालिका १ स्थित रंगशालामा हुने महोत्सवको आयोजना सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्र चौरजहारीले गरेको हो । महोत्सवका निर्देशक एल बि कटुवालका अनुसार महोत्सव चैत्र ४ गतेसम्म सञ्चालन हुनेछ भने तयारी तिब्र पारिएको छ ।  

कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । निर्देशक कटुवालले चौरजहारीमा पहिलो महोत्सव भव्य रूपमा सम्पन्न भएतापनि दोस्रो महोत्सव कोरोना महामारी र तेस्रो महोत्सव जाजरकोट भूकम्पका कारण प्रभावित भएका थिए । चौथो महोत्वस भने भव्य रूपमा सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

महोत्सवमा १ सय बढी व्यापारिक स्टलहरू रहने र स्थानीय व्यापारीलाई २० प्रतिशतसम्म छुट दिइने कटुवालले बताउनुभयो । त्यस्तै महोत्सवमा पल शाह लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने उहाँले जानकारी गराउनुभयो ।

आयोजकका अनुसार महोत्सवमा बद्रि पंगेनी, ज्योती मगर, प्रकाश सपुत, एलिना चौहान, कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरी, धुर्मुस सुन्तलीको जोडी लगायतको प्रस्तुती रहने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्