नेभिगेशन
घटना/दुर्घटना

रुकुमकोटबाट जाङ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक घाईते 

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ गरखानीमा ट्याक्टर दुर्घटना भएको छ । 

आईतबार बेलुकामा गरखानीस्थित भित्रि सडकमा खण्डमा रुकुमकोटबाट जाङतर्फ जाँदै गरेको लु ४ त १६० नम्वर को ट्याक्टर दुर्घटना भएको रुकुम पूर्व प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हिम बहादुर के.सी. का अनुसार दुर्घटनामा परेर पुथाउत्तरगंगा गाउँपालिका वडा नम्वर १२ कोल बस्ने १९ वर्षीय ट्याक्टर चालक धिरेन सोनाम घाईते हुनुभएको छ ।

घाईतेलाई अस्थायी प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोलमा पठाएको बताईएको छ । 
ट्याक्टरको ब्रेक फेल भएर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्