नेभिगेशन
घटना/दुर्घटना

रुकुमकोटमा मोटरसाईकलको ठक्करबाट घाईते भएका बालक नेपालगञ्ज रिफर

रुकुम पूर्वको रुकुमकोटमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन् । 

आईतबार बेलुका सिस्ने गाउँपालिका वडा नम्वर ६ मिलनचोक नजिकै मोटरसाईकलको ठक्करबाट ३ वर्षीय बालक घाईते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हिम बहादुर के.सी.का अनुसार सिस्ने गाउँपालिका ४ दादिङ घर भई मिलन चोक नजिक डेरा गरी बस्ने दिलमाया बुढाको छोरालाई रा १ ब ४८८ नम्बरको मोटरसाईकलको ठक्कर दिएको हो । 

मिलन चोक नजिकैको भित्री सडकखण्डमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ७ निवासी २७ वर्षीय रेशम परियारले चलाएको मोटरसाईकलले बालकलाई ठक्कर दिएको हो । 

प्रहरी निरक्षिक केसीका अनुसार घाईतेको जिल्ला अस्पताल रुकुम पूर्वमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ । मोटरसाईकल चालक परियार र उक्त मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्