नेभिगेशन
खेल

सल्यान जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी शारदा नगरपालिकालाई 

सल्यान जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी शारदा नगरपालिकाले हात पारेको छ । 

उक्त खेलकुद प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण ७ रजत र ५ कास्य हात पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएको हो। यस्तै ११ स्वर्ण ४ रजत र १२ कास्य हात पार्दै छत्रेश्वरी गाउँपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने १० स्वर्ण ३ रजत र ३ कास्य हात पार्दै कुमाख गाउँपालिका तेस्रो स्थान हासिल गर्न भएको छ। यस्तै ६ स्वर्ण १२ रजत र ६ कास्य सहित कपुरकोट गाउँपालिका चौथो स्थान हाँसिल गर्न सफल भएको छ । 

यसैगरी बागचौर नगरपालिका ३ स्वर्ण ५ रजत र ७ काश्य त्रीवेणी गाउँपालिकाको २ स्वर्ण ३ कास्य र ६ रजत, सिद्ध कुमाख गाउँपालिका १ स्वर्ण १ रजत र ११ काश्य बनगाड कुपिण्डे नगरपालिका १ स्वर्ण १ रजत र ४ काश्य , कालिमाटी गाउँपालिका ० स्वर्ण १० रजत र १० काश्य र दार्मा गाउँ पालिका रहेका छन।

यस्तै विभिन्न विधाका खेलमा उत्कृष्ट खेलाडी छनोट भएका छन् । भलिबलमा छात्रातर्फ लक्ष्मी बिक र छात्रतर्फ रोहित शाही उत्कृष्ट भएका छन। यी दुबै खेलाडी कुमाख गाउँपालिकाका हुन्। 

यस्तै कबड्डीमा छात्र तर्फ बनगाड नगरपालिका सुरेश सिह र छात्रातर्फ छत्रेश्वरी गाउँपालिकाका बिन्दु घर्ती उत्कृष्ट भएका छन् । यस्तै एथलेटिक्सतर्फ छात्रमा शारदा नगरपालिकाका राजेश के.सी र छात्रातर्फ कुमाख गाउँपालिकाका सिर्जना बि.क.उत्कृष्ट भएका छन् भने तेक्वान्दोतर्फ छात्र प्रमोद बुढाथोकी र छात्रा डिला बिक उत्कृष्ट भएका छन् । यी दुबै खेलाडी शारदा नगरपालिका निवासी हुन् ।

जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र नारायण माध्यमिक विद्यालयको सह आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कुमाख गाउँपालिकाको वडा नम्वर २ र नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा १५ औ जिल्ला स्तरीय रास्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता गत १५ गतेदेखी सुरु भएको थियो। 

ce2cf2ad-06f1-44f5-9b7f-d508a2114c9c-1741103176.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल