Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
कोरोना बिरुद्धको खोप

कोरोना बिरुद्धको खोप जिल्लाबाट प्रदेशमा फिर्ता

कोरोनाको पहिलो खोप लगाएका १५ हजार बढीले दोस्रो खोप लगाएनन्
२०७८ मंसिर ५
tribeni2

रुकुम पूर्व / जिल्लाको लागि भनेर आएको कोरोना बिरुद्धको खोप प्रदेश कार्यालयमा फिर्ता गरिएको छ । रुकुम पूर्वमा कोरोना बिरुद्धको पहिलो डोज (मात्रा) लगाएका १५ हजार बढी नागरिकले दोश्रो डोज नलगाएपछि फिर्ता गरिएको हो ।

जिल्लामा खोपको लक्षित जनसंख्याको २३ हजार ३ सय ८ जना (७१ प्रतिशत)ले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएपनि दोस्रो मात्रा लगाउनेहरु भने लक्षित जनसंख्याको २५.५ प्रतिशत अर्थात ८ हजार ३ सय १० जना मात्र रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पूर्वले जनाएको छ ।

पहिलो मात्रा लगाएका १५ हजार ७ सय १८ जनाले भने अझै दोस्रो मात्राको खोप नलगाएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सुचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो ।

जिल्लामा खोप लगाउने लक्षित जनसंख्या भने १८ वर्ष भन्दा माथिका ३२ हजार ६ सय १६ हो । खोप लगाउने लक्षित मानिसहरु खोप लगाउन नआएपछि जिल्लामा आएको खोप प्रदेशमा फिर्ता गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिचमा केहि समय रोकिएको खोप कार्यक्रम यहि मंसिरको ६ गतेबाट १४ गतेसम्म चल्ने बताइएको छ । यो बिचमा यसअघि कोभिशिल्ड र एस्ट्राजेनेकाको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाइने कोरोना रोग नियन्त्रण फोकल पर्सन गीरीले बताउनुभयो ।

उहाँकाअनुसार भूमे गाउँपालिकामा ६, ७ र ८ गते, पुथाउत्तरगंगा गाउँपालिकामा ९, १० र ११ गते, सिस्ने गाउँपालिकामा १२, १३ र १४ गते खोप कार्यक्रम चल्ने छ । तोकिएका मितिमा तीनवटै गाउँपालिकाका सबै खोप केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्रा लगाइने फोकल पर्सन गिरिको भनाई छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्