नेभिगेशन
समाज

परम्परागत हानिकारक अभ्यास र लैङ्गिक हिँसाबारे पत्रकारसँग अन्तरक्रिया

रुकुम पूर्वमा पत्रकारहरूसँग परम्परागत हानिकारक अभ्यास र लैङ्गिक हिंसाकाे अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल जनजागरण मञ्चले रुकुमकोटमा पत्रकार, यू. एम. एन. र नेपाल जनजागरण मञ्चका प्रतिनिधि बीच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे । 

कार्यक्रममा समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यास, लैङ्गिक विभेद, हिंसाका विभिन्न स्वरूप तथा तिनको न्यूनीकरणका उपायहरूबारे सन्चारकर्मीहरुसङ्ग छलफल गरिएको छ ।

नेपाल जनजागरण मञ्च र यू. एम. एन. का प्रतिनिधिहरूले बिशेष गरि कानुनी संरचना, राज्यका प्रयास तथा स्थानीय तहको सहभागिताको विषय, आफुहरूले जिल्लामा गर्दै आएका काम कारबाही लगायतका कुरामा जानकारी गराएका थिए । विशेष गरी सन्चारका माध्यमबाट जनसमुदायसम्म मानसिक स्वास्थ्य सम्बन्धि जानकारी पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाल जनजागरण मण्चका कार्यक्रम सम्योजक रुकुमराम टमटाले बताउनुभयो । 

कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि पनि छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहभागी पत्रकारहरूले आफ्नो अनुभव बताउदै समुदायमा जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भूमिका तथा मिडियाले सराेकारवालाकाे सहयोगमा गर्न सक्ने जुनसुकै कार्यक्रममा पनि हातेमालो गर्दै अघि बढ्ने बताएका छन । 

कार्यक्रममा नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारी, यू. एम. एन रूकुम पूर्व कलस्टरका परियोजना म्यानेजर सपना श्रेष्ठ, नेपाल जनजागरण मञ्चका परियोजना संयोजक रूकुम राम टमटा, नेपाल पत्रकार महासंघ रूकुम पूर्वका अध्यक्ष बसन्त बाँठा मगर, नेपाल जनजागरण मञ्चका परियोजना अधिकृत हस्त बहादुर भग्री, नेपाल जनजागरण मञ्चका सुपरभाइजर निदान बुढा मगर लगायत जिल्लास्थित पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज