नेभिगेशन
घटना/दुर्घटना

आठबिसकोटमा पुलबाट नगरपालिका भित्र खस्यो मोटरसाईकल, चालक घाईते

  • ललित चन्द

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मोटरसाईकल दुर्घटना भएको छ । 

आईतबार दिउँसो आठबिसकोट नगरपालिकाको कार्यालय छेउमै रहेको गिजागार पुलबाट लु ९–३ प ५३७१ नम्वरको मोटरसाईकल खसेको हो । मोटरसाईकल दुर्घटनामा परेर आठबिसकोट नगरपालिका ११ गत्तासैना निवासी २१ वर्षीय चालक सन्तोष पुन घाईते हुनुभएको छ । 

वडा नम्वर ११ सिमबजार र वडा नम्वर ९ राडी जोड्ने मोटरेबल पुलबाट मोटरसाईकल खसेर नगरपालिका कार्यालयमा पुगेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सिमबजारबाट राडीबजारतर्फ आउँदै गर्दा तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भएर चालकसहित पुलबाट खसेको थियो । 

घटना लगत्तै नगर प्रहरीको टोलीले घाईतेको उद्धार गरेर उपचारको लागि नगर अस्पताल लिएको थियो । पुनको टाउको र हातमा चोट रहेको बताईएको छ । नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुनलाई नेपालगञ्ज रिफर गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्