नेभिगेशन
राजनीति

बार यशोसिएसन रुकुमको अध्यक्षमा अधिवक्ता रचना मल्ल सर्वसम्मत

रुकुम पश्चिम जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता रचना मल्ल चयन हुनुभएको छ ।

सोमबार मुसिकोट खलंगामा भएको यशेसिएसनको सातौँ जिल्ला अधिवेशनबाट मल्लको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । 

नव निर्वाचित अध्यक्ष मल्लका अनुसार एशोसिएसनको जिल्ला उपाध्यक्षमा अधिवक्ता मनिषा रोकाय भण्डारी, सचिवमा अधिवक्ता टेकबहादुर खड्का र कोषाध्यक्षमा अधिवक्ता अमर ओली रहनुभएको छ ।

त्यसैगरी सदस्यमा अधिवक्ताहरु भुवनेश्वर उपाध्याय, गणेश हमाल, ललित बुढा र रमा गौतम चयन हुनुभएको छ ।  एशोसिएसनको केन्द्रीय पार्षदमा अधिवक्ता रत्नबहादुर खड्का चयन हुनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्