नेभिगेशन
राजनीति

एकिकृत समाजवादी रुकुम पश्चिमको अध्यक्षमा सुरज, सचिवमा धनराज

नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमको अध्यक्षमा सुरज परियार चयन हुनुभएको छ । 

मंगलबार उद्घाटन भएको पार्टीको नवौँ जिल्ला अधिवेशनबाट परियारको नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन भएको हो । 

पार्टीले बुधबार पत्रकार सम्मेलनमार्फत नव गठित जिल्ला कार्यसमितिको विवरण सार्वजनिक गरेको हो । नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्षमा दीपकराज खड्का र शेरबहादुर बोहरा, सचिवमा धनराज खड्का तथा उप सचिवमा अमरराज पुन, हिरा रेउले पुरी र खमबहादुर ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नव निर्वाचित जिल्ला अध्यक्ष सुरज परियारले नयाँ जिल्ला कमिटिका पदाधिकारीको नाम सार्वजनिक गर्नुभएको हो । मंगलबार पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्