नेभिगेशन
कला/संस्कृती/धर्म

ईच्छा विपरीत होली लगाएमा कारबाही हुने

होलीलाई मर्यादित भएर मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फागु पूर्णिमा अर्थात होली पर्वलाई मर्यादित भएर मनाउन अनुरोध गरेको छ । 

बुधबार कार्यालयले एक सूचना जारी गर्दै होली पर्वलाई रङगहरुको माध्यामबाट खुसी साटासाट गरेर मनाउन अनुरोध गरेको हो । 

प्रशासनले होली मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभाबि रङग लगाउने, लोला हान्ने, फोहोर पानीले हान्ने लगायतका कार्य नगर्न समेत अनुरोध गरेको छ ।

बाटो ढुकेर बटुवालाई रङग दल्ने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थ सेवन गर्ने तथा गराउने, सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने जस्ता अवान्छित तथा उच्छृङखल किसिमका कार्यहरु नगर्न नराउन पनि सूचना मार्फत जानकारी गराएको छ । 

सूचनामा प्रचलिन मूल्य, मान्यता एवम् परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा होली मनाउन भनिएको छ । सूचनाको अवज्ञा गरेमा प्रचलित कानून, सामाजिक सद्भाव, शान्ती सु व्यवस्था एवम् व्यक्तिगत स्वतन्त्रता बिरुद्ध कार्य गरे, गराईएको पाईएमा कानून बमोजिम कारबाहि हुने प्रशासन कार्यालयले जनाएको छ । 

यस वर्ष फागुन २९ गते पहाडि क्षेत्रमा र चैत १ गते तराईमा होली पर्व मनाईदैछ । 

483672166_1685045582437529_3738132243352572345_n-1741764702.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्