नेभिगेशन
समाज

काठमाडौंबाट रुकुम आउने बसमा बेहोस अवस्थामा भेटिएका एक यात्रुको मृत्यु 

काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको बसमा बेहोस अवस्थामा भेटिएका एक यात्रुको मृत्यु भएको छ । 

काठमाडौंबाट हिजाे मंगलबार छुटेको प्रदेश ३-०१-००५ ख ९५४२ नम्वरको रात्रीबसको बि साईडको १ नम्वर सिटमा रहेका एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार मृतकको पहिचान भने खुलेको छैन । 

अन्दाजी ५०-५५ वर्ष उमेरको जस्तो देखिने पुरूष व्यक्ति बुधबार बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारको लागि जिल्ला अस्पतालमा रुकुम पूर्वमा लिईएको र त्यस क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज