नेभिगेशन
कला/संस्कृती/धर्म

चौरजहारी महोत्सवमा आज गायिका एलिना चौहानको प्रस्तुती

रुकुम पश्चिमको चौरजहारीमा जारी बृहत चौरजहारी महोत्सवमा आज शुक्रबार चर्चित गायिका एलिनाको मुख्य प्रस्तुती रहने भएको छ । 

महोत्सव आयोजक सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रका अनुसार आज एलिना चौहानसहित गायक प्रकाश रन्का लगायत विभिन्न स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ । 

महोत्सव निर्देशक एलबि कटुवालका अनुसार हरेक दिन महोत्सव अवलोकन गर्नेहरुको संख्या बढीरहेको छ । निकै चर्चित गितहरु गाएर चर्चामा आउन सफल गायिका चौहानको प्रस्तुती हेर्न पनि उल्लेख्य दर्शकहरु आउने उहाँको भनाई छ । मिनरल वाटर, धोकबाज, कट्टा हान्दिन्छु ...लगायतका गितहरुबाट थप चर्चामा आएकी गायिका चौहानको हालै सम्बन्ध बिच्छेद भएको छ । 

चौरजहारी नगरपालिका -२ मा गत फागुन २२ गतेदेखि चौथो बृहत् चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालनमा छ । महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुने महोत्सव निर्देशक कटुवालले जानकारी दिनुभयो । कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।  

यसअघि कलाकारहरु जय देवकोटा, टिका सानु, ज्योती मगर, रमेशराज भट्टराई लगायतले महोत्सवमा प्रस्तुती दिई सकेको बताईएको छ ।  महोत्सवमा १ सय बढी व्यापारिक स्टलहरू रहेका छन् ।  यसका साथै विभिन्न मनोरञ्जनात्मक खेल गतिविधिहरु पनि सञ्चालित छन्। 

483540970_632032202788885_9129754668038304525_n-1741917491.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्