नेभिगेशन
समाज

चौरजहारीमा नि:शुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सुरु

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा नम्बर १४ को लामाडाँडामा नि:शुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सुरु भएको छ ।
शनिबार देखि शुरु भएको  नि:शुल्क स्वास्थ्य शिविर भोलि आईतवार वडा नम्वर १३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर संचालन हुने आयोजकले जानकारी दिएको छ ।

चौरजहारी नगरपालिका रुकुम पश्चिम, मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत स्वास्थ्य परियोजनाको आयोजना एवम चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा २ दिने निशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सुरु भएको हो ।

शिविरको पहिलो दिन शिविरमा ६८ जना सेवाग्राहीले  सेवा लिएका छन भने  १४ जनामा समस्या देखिएको सामाजिक परिचालक तिलक विकले जानकारी दिनुभयो । 

शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा तथा महिलाहरुमा हुने समस्याहरुको चेकजाँच,  पाठेघर मुखको क्यान्सर, पाठेघर खस्ने, पिसाव चुहिने तथा अन्य स्वास्थ्य समस्याहरुको चेकजाँच र उपचार गरिएको छ ।

त्यस्तै शिविरमा गर्भवती तथा सुत्केरीहरुमा जटिलताको चेकजाँच, परिवार योजना सेवा तथा परामर्श सेवा, मनोसामाजिक मनोविमर्श सेवा र लैगिंक हिंसा न्यूनीकरण सम्वन्धी परामर्श सेवा प्रदान गरिएको चौरजहारी नगरपालिका स्वास्थ्य शाखा संयोजक रामवहादुर सुनारले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज