नेभिगेशन
अन्तराष्ट्रिय

साउन देखि सम्पर्कविहिन रुकुम पूर्वका विनोद साउदीको जेलमा भेटिए

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर सम्पर्कविहीन रहेका रुकुम पूर्वको सिस्ने गाउँपालिका -६ का ३६ वर्षीय विनोद केसी साउदीको शुमैसी जेलमा भेटिएका छन्।

नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार केसीलाई २०२४ जुलाई १० मा जेद्दा शहरको अल अजीजियाह जिल्लाको नर्थवर्न प्रहरी चौकीले पक्राउ गरी उनलाई शुमैसी जेलमा पठाएको र अब उनलाई भेट्न अनुमतिका लागि सम्बन्धित निकायमा आवेदन दिइएको छ।

अनुमति प्राप्त भएपछि भेटघाट गर्ने र थप जानकारी दिने उनले बताइन्।

केसी गत साउन ८ गतेसम्म सम्पर्कमा रहेको र त्यसपश्चात सम्पर्कविहीन रहेको थिए। किल्डिन कुङ्ग्स पार्टनर कम्पनीमा सन् २०१६ मा सिकर्मीका रूपमा काम गर्न साउदी पुगेका थिए। - अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तराष्ट्रिय