नेभिगेशन
समाज

सानीभेरी गाउँपालिकाको सेवा प्रवाह बुझ्न र गुनासो गर्न टोल फ्रि नम्वरको व्यवस्था

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले टोल फ्रि नम्वरको व्यवस्था गरेको छ । 

गाउँपालिकाले प्रवाह गर्ने सेवाको बारेमा बुझ्न र गुनासो गर्नको लागि गाउँपालिकाले १८१०५०००१४६ नम्वरको टोल फ्रि नम्वरको व्यवस्था गरेको जनाएको छ । 

उक्त नम्वरमा फोन गर्दा पैसा लाग्दैन । गाउँपालिकाले उक्त नम्वरको फोनमा आएका गुनासा सुन्न र सेवा प्रवाहको अवस्था जानकारी गराउन गाउँपालिकाका गुनासो सुन्ने अधिकारी मानबिर ओलीलाई जिम्मेवारी तोकेको छ । ओली गाउँपालिकाको बालकल्याण अधिकारी समेत हुनुहुन्छ । 

गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा बारे पालिकावासी र सरोकारवालालाई सहज रुपले जानकारी दिन र जनताको गुनासो सुनेर सुनुवाई गर्न टोल फ्रि नम्वरको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज