Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीका सबै वडामा माओवादी केन्द्रको नयाँ कमिटि

tribeni2

रुकुम पश्चिम / नेपाल कम्प्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को देशभर एकै दिन वडा सम्मेलन गर्ने केन्द्रको निती अनुसार शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपलिकाका सबै वडामा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताईएको छ । प्रत्येक वडामा सकैसाथ भएको वडा सम्मेलनले वडा स्तरिय कमिति चयन गरेको माओवादी केन्द्र चौरजहारीले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार चौरजहारी नगरपालिका १ को अध्यक्षमा इन्द्र बहादुरर गिरी चयन हुनुभएको छ भने सचिवमा गणेश प्रसाद लामिछाने चयन हुनुभएको छ ।
वडा नम्बर २ मा बलबहादुर राना र रामकुमार गौतम क्रमश अध्यक्ष र सचिवमा चयन हुनु भएको छ ।

वडा नम्बर ३ मा मोती प्रसाद पोखरेल अध्यक्ष हुनुभएको छ भने सचिवको जिम्मेवारी टिकाराम बस्नेतले पाउनुभएको छ । त्यसैगरी ४ नम्बर वडामा भद्रबहादुर बुढा अध्यक्ष र डिल्ली शेर्पाली सचिव, ५ नम्वर वडामा तारानाथ शर्मा अध्यक्ष र दिपेन्द्र सुनार सचिव, ६ नम्वर वडामा नवीन महतारा अध्यक्ष हुनुभएको छ भने सचिवमा मान बहादुर बि. क. चयन हुनुभएको छ ।

त्यसैगरी वडा नम्वर ७ मा कृष्णलाल बि. क. अध्यक्ष र भिम प्रसाद जैसी सचिव, वडा नम्वर ८ मा शसिराम बि. क. अध्यक्ष र कर्ण बहादुर पुन सचिवमा चयन हुनुभएको छ भने वडा नम्वर ९ मा चित्रनाथ योगि अध्यक्ष, कृष्ण बहादुर मल्ल सचिव, वडा नम्बर १० मा हिम बहादुर पुन अध्यक्ष र निर्मल के सि सचिव, वडा नम्वर ११ मा एक बहादुर ओलि अध्यक्ष र दिपक ओलि सचिवमा चयन हुनुभएको छ ।

१२ नम्वरमा भने अध्यक्ष बाहकेका पदाधिकारी चयन गरिएको छ । १२ नम्वरको सचिवको जिम्मेवारीमा बिष्णु जैसी आउनुभएको बताईएको छ । त्यसैगरी १३ नम्बरको अध्यक्षमा केशव शर्मा चयन हुनुभएको छ भने सचिवमा गंगाराम शर्मा चयन हुनुभएको छ । १४ नम्वरको अध्यक्षमा बिरबहादुर ओलि र सचिवमा जगदीश ओलि चयन हुनुभएको माओवादी केन्द्र चौरजहारीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्