नेभिगेशन
राजनीति

जिल्लाको एक मात्र क्याम्पसको स्ववियुमा क्रान्तिकारीको प्यानल नै विजयी

रुकुम पूर्वको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल नै विजयी भएको छ । 

मंगलबार भएको निर्वाचन मार्फत क्रान्तिकारीका अमर खत्रीको नेतृत्वको प्यानल नै विजयी भएको हो । जम्मा ३०० मतदाता रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनमा जम्मा २०० मत खसेको थियो ।

खसेको जम्म मतमध्य अखिल (क्रान्तिकारी)का अमर खत्रीले १३५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । खत्रीले उक्त मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिस आचार्यले ३४ मत ल्याउनुभएको छ भने नेपाल विद्यार्थी संघका अर्जुन बुढाले २५ मत ल्याउनुभएको छ । 

यस्तै सचिवमा अखिल (क्रान्तिकारी)का विशाल घर्ति मगर १४२ मतका बिजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा क्रान्तिकारीकै अनुपा शिर्पालीले १३५ मत ल्याएर विजयी हुनुभएको  निर्वाचन समितिले जनाएको छ । 

सदस्यहरुमा क्रान्तिकारीकै गंगा सार्की, उषा छिनाल, सुधा ओली, उषा थापा र सुनिता रोका विजयी हुनुभएको छ ।

98c9099c-2fa7-4165-9def-5cfe76d75921-1742313503.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्