नेभिगेशन
समाज

सेरीगाउँका बुढाको घरमा विद्युत सर्ट हुँदा आगलागी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँस्थित एक घरमा आगलागी भएको छ । 

बुधबार दिउँसो स्थानीय कृष्ण बहादुर बुढाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बुढाको दुई तले, ६ कोठे कच्ची घरको माथिल्लो तलाको पश्चिम पट्टीको कोठामा विद्युतको तार सर्ट हुन गइ आगलागी भएको हो । 

आगलागीबाट हुँदा उक्त कोठामा रहेको अन्नपात, लत्ता कपडा, भाडावर्तन जलेर नष्ट भएको छ । प्रहरीका अनुसार मानवीय तथा पशुचौपायको क्षति भने भएको छैन । 

घटनाको सूचना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मुसिकोट नगर प्रहरी र स्थानीयवासीहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज