नेभिगेशन
समाज

मैनापोखरमा सचेतनामुलक प्रभातफेरी

बर्दियाको बढैयातालमा रहेको जनउत्थान लघुवित्तले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 

ग्लोवल मनि वीक २०२५ को अवसरमा बिहिबार बढैयाताल शाखा कार्यालयले मैनापोखरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । 

ग्लोवल मनि वीक २०२५ को सन्दर्भमा वित्तीय सचेतना फैलाउने उद्धेश्यका साथ प्रभातफेरी गरिएको हो । कार्यक्रममा डिजिटल ठगीको रोकथाम, अनावश्यक कर्जा ग्रहणको असर , वित्तीय ज्ञानको आवश्यकता, भविश्य निमार्णका लागि बचत तथा वित्तीय कारोवारको महत्वहरु दर्शाउने सचेतनामुलक सन्देशहरु सम्प्रेषण गरेर मैनापोखर बजार परिक्रमा गरिएको बताईएको छ ।  

उक्त कार्यक्रममा संंस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायले यस्ता कार्यक्रमले आम जनतामा वित्तीय सचेतना बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अनुगमन अधिकृत मधु कुँवरका अनुसार कार्यक्रममा स्थानीय जनप्रतिनीधी, कार्यालयबाट कर्मचारीहरु, सस्थामा आवद्ध रहेका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज