नेभिगेशन
समाज

कमलदहबाट जरा निकाल्नेको भीड

रुकुम पूर्वको सिस्ने गाउँपालिका –५ स्थित पर्यटकियस्थल कमलदहबाट कमलका जरा निकाल्न स्थानीयहरुको भीड लाग्ने गरेको छ । 

गाउँपालिकाले हरेक वर्ष जरा निकाल्नको लागि टेण्डर आह्वान गर्ने गरेको छ । कमलका जरा औषधीय गुणयुक्त भएकोले यस सिजनमा यसको माग हुने गरेको छ । 

कमल जरा किन्नको लागि रुकुम पूर्वसहित रुकुम पश्चिम, रोल्पा, सल्यान, बागलुङ, दाङ लगायतका जिल्लाबाट विभिन्न व्यक्तिहरु आउने गरेका छन् । 
ग्राहकहरुले हरेक वर्ष जराको मुल्य बृद्धि भएको र मूल्य एकिन नहुँदा मनलाग्दी बिक्रि वितरण हुने गरेको गुनासो गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज