सोसल मिडिया
रुकुम पश्चिम / नेकपा माओवादि केन्द्र जिल्ला समन्वय समिति रूकुम पश्चिमको बैठक आज सम्पन्न भएको छ ।
सहिद स्मृति प्रतिष्ठानको सभाहल सेरीगाउँमा बसेको बैठकले सबै पालिका स्तरका निर्वाचित कमिटिको कार्यालय र पालिका सम्मेलनको भव्यताको बारेमा निर्णय गरेको छ ।
जिल्ला पार्टी अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरमा निर्वाचित कमिटिको कार्यालय सञ्चालन गर्ने र पालिका सम्मेलनको भव्यताको बारेमा निर्णय गरेको छ ।
बैठकमा सहभागि जिल्ला कमिटि सदस्य खुमबहादुर खड्काका अनुसार मंसिर १० गते जिल्लाका ३ ओटा पालिका एकै दिन गाउँ तथा नगरपालिका सम्मेलन हुनेछ ।
त्रिवेणी गउँपालिका, सानिभेरि गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलन १० गते गर्ने र ११ गते बाफिकोट गाउँपालिका, आठबिसकोट नगरपालिका र मुसिकोट नगरपालिका सम्मेलन गर्ने निर्णय भएको छ । साथै १२ गते मुसिकोटमा एक कार्यक्रम आयोजना गरी सबै पालिकाको सम्मेलन समापन गर्ने निर्णय भएको छ ।
माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि अध्यक्ष राजकुमार शर्मा प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला कमिटि पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो । गाउँ तथा नगरपालिकाको सम्मेलन उद्घाटनको लागि पार्टीका संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा आउने कार्यक्रम तय गरिएको बताईएको छ ।