नेभिगेशन
समाज

मेलमिलापकर्ताहरुलाई अभिमुखिकरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

न्यायिक समितिको क्षेत्राधिकारभित्रका मेलमिलाप गर्न सकिने विवाद समाधानका लागि नगरपालिकामा सूचीकृत  मेलमिलापकर्ताहरूलाई अभिमुखीकरण गरिएको नगरपालिकाले जनाएको छ । 

न्यायिक समितिको क्षेत्राधिकार, निरुपण र मेलमिलाप गर्न सकिने विवाद, मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचारसंहिता र प्रतिवद्धता लगायतका विषयमा जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सभागीहरूले मेलमिलाप गराउँदा भोग्नु परेका समस्या र समाधानका विषयमा  जिज्ञासा राखेका थिए । 

अभिमुखीकरण कार्यक्रमको अध्यक्षता चौरजहारी नगरपालिका उपप्रमुख ईश्वरी शर्मा, बि.एम.ले गर्नुभएको थियो । 

यसै बिच जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, रुकुम जिल्ला अदालतका निमित्त श्रेष्तेदार गोविन्दप्रसाद कोइराला, इजलास सहायक शशिराम विष्ट लगायतको टोलीले चौरजहारी नगरपालिकाको न्यायीक समितिले गरेको कार्यसम्पादनको अनुगमन समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज