नेभिगेशन
समाज

सुख्खा पहिरोले पोल भाँचिएपछि मुसिकोट, चौरजहारी र त्रिवेणीका केहि वडामा विद्युत सेवा अवरुद्ध

रुकुम पश्चिममा निर्माणाधिन नुवाकोटडाँडा–बैरागीठाँटी सडक बिस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ । 

बुधबार सडक बिस्तारको क्रममा मुसिकोट नगरपालिका १२ जमारीमा सुख्खा पहिरो खसेपछि विद्युको पोल भाँचिनुका साथै विद्युत लाईनको तारमा समेत समस्या आएको विद्युत वितरण केन्द्र रुकुम पश्चिमले जानकारी दिएको छ । 

केन्द्रका ईलेक्ट्रिकल फोरमेन प्रेम प्रकाश चापागाईका अनुसार सुख्खा पहिरोको कारण ११ केभि लाईनको पोल भाँचिएको छ भने अन्य सात वटा पोलको तार भुईमा लत्रिएको छ । यो समस्यापछि मुसिकोट नगरपालिका वडा नम्वर १२, चौरजहारी नगरपालिका वडा नम्वर १३ र १४ र त्रिवेणी गाउँपालिकाको वडा नम्वर ७, ८, ९ र १० मा विद्युत सेवा अवरुद्ध भएको छ । 

उक्त स्थानमा विद्युत लाईन मर्मतका लागि मर्मत टोली परिचालन भएतापनि पहिरो आउने क्रम नरोकिएकोले टोली फिर्ता भएको र बिहिबार बिहानैबाट मर्मत कार्य सुरु गरिने ईलेक्ट्रिकल फोरमेन चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार बिहिबार दिउँसोसम्म बिद्युत लाईन मर्मत भई बिद्युत सेवा सुचारु गर्ने कोशिस रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज