नेभिगेशन
समाज

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको मृत्यु

राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा आएका एक जना वृद्धको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । 

बिहान करिब ११ः५० बजेतिरको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएकोमा कार्यालयको तल्लो तलामा चिप्लेर लड्दा टीकारामको टाउकोमा चोट लागेको थियो । तत्कालै उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज