नेभिगेशन
समाज

दाङबाट रुकुम आएर एसइई दिनुहुँदै गाउँपालिका उपाध्यक्ष चौधरी

दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिईरहनुभएको छ । 

दाङको राप्ती गाउँपालिका वडा नम्वर ६ निवासी ५१ वर्षीया चौधरीले रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइई दिईरहनुभएको छ । 

चौधरीले खुलातर्फबाट परीक्षामा सहभागी हुनुभएको केन्द्राध्यक्ष यदु रानाले जानकारी दिनुभयो । उहाँले अनुशासित र मर्यादितपूर्वक परीक्षामा नियमित सहभागि भएको केन्द्राध्यक्ष रानाले बताउनुभयो । एसइई दिनको लागि उहाँले शीतल माविबाट फाराम भर्नुभएको थियो । 

ऐच्छिक प्रथम अर्थशास्त्र र ऐच्छिक द्वितीय शिक्षा बिषय रोजेर खुलातर्फबाट एसइईमा सहभागी भएको चौधरीले बताउनुभयो । उमेर र पदले शिक्षाको बाटो नछेक्ने भएकोले आफूले यो बेलामा एसइई दिन रुकुम आएको उहाँले बताउनुभयो । 

उपाध्यक्ष चौधरी पूर्वकमलहरी हुनुहुन्छ । गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएपछि उहाँले सार्वजनिक बिदाको दिन सरकारी गाडि नचढ्ने घोषणा गर्नुभएको थियो । यसका साथै आफ्नै साईकल चढेर सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेपछि उहाँको चर्चा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्