नेभिगेशन
समाज

सुख्खा पहिरोपछि अवरुद्ध विद्युत सुचारु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकाका केहि वडाहरुमा बुधबार बेलुकाबाट अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । 

निर्माणाधिन नुवाकोटडाँडा–बैरागीठाँटी सडक बिस्तारको क्रममा सुख्खा पहिरो खसेपछि अवरुद्ध विद्युत सेवा बिहिबार बेलुकाबाट सुचारु भएको हो। 

सडक बिस्तारको क्रममा मुसिकोट नगरपालिका १२ जमारीमा सुख्खा पहिरो खसेपछि विद्युको पोल भाँचिनुका साथै विद्युत लाईनको तारमा समेत समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको थियो । मुसिकोट नगरपालिका वडा नम्वर १२, चौरजहारी नगरपालिका वडा नम्वर १३ र १४ र त्रिवेणी गाउँपालिकाको वडा नम्वर ७, ८, ९ र १० मा विद्युत सेवा अवरुद्ध भएको थियो । 

नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र रुकुम पश्चिमका ईलेक्ट्रिकल फोरमेन प्रेम प्रकाश चापागाईले मर्मतपति विद्युत सेवा सुचारु भएको जानकारी दिनुभयो । मर्मत कार्यका लागि आज बिहानै बाट मर्मत टोली परिचालन भएको थियो ।

कठिन स्थान र परिस्थितिका बाबजुद पनि मर्मत कार्य सम्पन्न भएको चापागाईले जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्