Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सर्वाङ्गिण विकास समाजद्धारा सामुदायिक विद्यालयमा दिवा खाजा

२०७८ मंसिर ५
tribeni2

रुकुम पूर्व / नेपाल सर्वाङ्गिण विकास समाजले भूमे ३ का सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरुवात गरेको छ । समाजले मंसिर ३ गतेदेखि भूमे ३ का सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ मा चार वटा सामुदायिक विद्यालय रहेका छन् ।

अन्य विद्यालयमा भने नेपाल सरकारले व्यवस्था गरेको बजेटबाट स्थानीय तहले विद्यालयमा दिवा खाजाको व्यवस्था गरिरहेको छ । तर भूमे ३ मा भने नेपाल सर्वाङ्गिण विकास समाजकै आर्थिक र प्राविधिक सहयोगमा दिवा खाजा दिइन थालिएको हो ।

दिवा खाजा व्यवस्थाका लागि यहि मंसिर १ गते देखि भूमे ३ का चार वटा सामुदायिक विद्यालयबाट एक/एक जना खाजा पकाउने व्यक्तिलाई तालिम दिइ राखिएको छ ।

उक्त तालिम यही मंसिर ९ गते सम्म दिइने छ । दिवा खाजाका परिकार बनाउनका लागि अहिले शहिद शुक्र मावि सिमामा तालिम चलिरहेको छ । सस्थाका अध्यक्ष करुणाकुमारी रुपाचा र संस्थाका कार्यक्रम संयोजक विजय लामाले तालिमको प्रशिक्षण दिइराख्नु भएको छ । तालिम सकिए लगत्तै विद्यालयमा संस्थाले दिवा खाजा उपलब्ध गराउने बताइएको छ ।

दिवा खाजा परिकारका लागि साप्ताहिक तालिका पनि तय गरिएको छ । आइतबार चिकेन थेन्दुक, सोमबार सुजी, क्वाटी, तरकारी, मंगलबार खिचडी, बुधबार चिउरा, चना तरकारी, बिहीबार चिकेन, थुक्पा र शुक्रबार पाउरोटी, अन्डा, फलफूल दिइने दिवा खाजाको कार्यतालिका रहेको छ ।

शुक्र माबिमा सञ्चालित तालिम र दिवा खाजा कार्यक्रमको अनुगमन पछि गाउँपालिका अध्यक्ष रामसुर बुढाले कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्